बेनी–जोमसोम कोरला सडक ६ वटा पुलको काम ९५ प्रतिशत सकियो

0 Shares

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा थप छ पुल निर्माण भएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकामा एक मुस्ताङको थासाङ गाउँपालिकामा एक र लोमान्थाङ गाउँपालिकामा चार मोटरेबल पुल सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर विष्णु चापागाईँले निर्माणको अन्तिम चरणमा रहेका ती पुलबाट गाडी आवतजावत हुन थालेको जानकारी दिनुभयो ।

ुपन्चानब्बे प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका पुल अन्तिम चरणमा छन्ु,उहाँले भन्नुभयो,पहुँचमार्ग र संरचना बनिसकेकाले गाडी आवतजावत हुन थालेको हो ।ु बेनी–जोमसोम–कोरला आयोजनाले पाँच वटा पुल निर्माणका लागि ३१ करोड ६२ लाख रुपैयाँमा विभिन्न कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।

रघुगङ्गा –१ बेगखोलामा ७० मिटर लामो ‘डबल स्पाम’ भएको मोटरेबल पुल बनाउन सडक विभागको पुल महाशाखाले बिओकेआईरहिमालयन जेभीसँग भ्याटसहित आठ करोड ३० लाख ६८ लाख चार सय ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल निर्माण गर्न कालिका–गजुरमुखी जेभीले सात करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।

लोमान्थाङको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बीस मिटर लामो लोमान्थाङ पुलको लागत चार करोड ६८ लाख, ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोक खोला पुलको लागत छ करोड ३७ लाख रुपैयाँ र ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत छ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

पुल निर्माण भएपछि यातायात सञ्चालन गर्न सहज भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताउनुभयो । योजनामार्फत १३ पक्की पुल र तीन बेलीब्रिजको निर्माण सकिएको छ । म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङ खोलामा एक सय १५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो ।

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ । छुसाङको मुस्ताङ गेटमा रहेको कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर र जोमसोममा रहेको कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो ।

म्याग्दीको अन्नपूर्ण–३ मा रहेको रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङ्गखोलामा बेलीब्रिज निर्माण भएको हो । थप एउटा मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । सातवटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुईलेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३र७४ देखि शुरु भएको योजनाको अहिलेसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

छ वटा खण्डमा ८५ किलोमिटर सडममा ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।